अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका नं ९-१० सिद्धाराको हर्रेमा सिद्धाराको खयरभट्टीमा नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका नेता दिप कुमार उपाध्यायले दुई तिहाईको सरकारले पनि देशको आर्थिक आवस्थामा सुधार ल्याउन नसकेको बताउनु भएको छ ।
नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले बर्तमान सरकरा भ्रष्टाचारको वरिपरि रोमलिएको बताउनु भयो । उँहाले जनजागरण अभियानले कांग्रेसको संगठन बिस्तारमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममानेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, पुर्व सभापति कमल भुसाल, जिल्ला उप सभापति शान्ता भण्डारी, जिल्ला सचिब छबिलाल पौडेल , महासमििित सदस्य तथा शितगंगा नगर प्रमुख सुर्य अधिकारी , महासमिती सदस्य केशव श्रेष्ठ, यादव घिमिरे, पुर्व सचिब लोकेन्द्र बिक , पुर्वकोशाध्यक्ष हरि बहादुर खड्का जिल्ला सदस्य पिताम्बर खनाल , जिल्ला सदस्य जुन बहाद्र पुलामी , बाबुराम भुसाल , हेमन्त बेल्बासे ,बिष्णु क्षेत्री , सितगंगा नगरपालिका संयोजक मोती बेल्बासे , लगायतले प्रशिक्षण दिएका थिए ।