सिमलपानीमा कृषि तालिम कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची   । अर्घाखाँची जिल्लाको शितगंगा  नगरपालिका वडा नम्बर–१४ सिमलपानीमा कृषि तालिम कार्यक्रम सम्पन्न गरिएको छ । वडा कार्यालयको आयोजनामा कृषि तालिम संचालन गरिएको हो ।
वडा नम्बर–१४ को कृषि विकास तर्फको बजेटबाट “कृषिमा आत्म निर्भर बनौ” भन्ने मुलनारा सहित गन्दी, बौरि, करेचुली र खोरमोरमा १ दिने र पावर विक्रममा ३ दिने कृषि तालिम संचालन गरिएको छ ।कार्यक्रममा पुरानो रुढीबादी परम्परा लाई त्याग्दै सोचाइ र व्यबहारमा पनि परिवर्तन ल्याउन सकेमात्र आर्थिक समृद्धि सम्भब हुने वडा अध्यक्ष दामोदर न्यौपानेले बताउनु भएको छ ।
कृषिको माध्यमबाट आत्मनिर्भर भइ जिबनस्तरमा सुधार ल्याउन सकिने हुदा कार्यक्रमको आयोजन गरिएको अध्यक्ष न्यौपानेले बताउनु भयो । आगामी दिनहरुमा थप सहयोग गर्न आफू तयार रहेको वडा अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।

अन्य समाचारहरु