अशोक खनाल
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको आयोजनामा गरिब घर परिबार परिचयपत्र बितरण शुरु गरेको छ। परिचयपत्र बितरण सिमलपानीमा शुरु गरेको हो।
नगरपालिकाको वार्ड न.१४ सिमलपानीको पावरमा करिब छ सय भन्दा बढीलाई परिचयपत्र बितरण गरिने वार्ड अध्यक्ष दामोदर न्यौपानेले बताएका छन ।
क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा ठुलो नगरपालिका भएता पनि भौगोलिक रुपमा यस नगरपालिका केही वार्डहरु दुर्गम नै रहेका छन् । हिउँदको सिजनमा करिब ७,८ महिना मात्र गाडी चल्ने यहाँका प्राय बाटोहरुमा बर्खाको बेला भने स्थानीयहरुलाई निकै नै सास्ती हुने गरेको छ ।
यस क्षेत्रको बिकासको लागि केन्द्र सरकार र प्रदेश सरकारले करोडौंको लागानीमा बिकास निर्माणको कार्यलाई तिब्रता दिएको छ । २०७४ मा भएको स्थानीय निर्वाचन पछि बनेको स्थानीय सरकारले पनि जनभावना अनुसार काम गरिरहेको यहाँका स्थानीय बासिहरुले बताउछन ।
बेला बेलाम वडा वडामा पुगि निशुल्क स्वास्थ शिबिरहरु सन्चालन गर्नुका साथै गरिब घर परिबार परिचयपत्र बितरण गरिरहेको छ।
नगरपालिकाबाट परिचयपत्र बितरणको लागि खटिएको कर्मचारी टोलीलाई स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीय बासीहरुले उत्सुकताका साथ सहयोग गरिरहेको प्रशासकीय अधिकृत मन्जु खानालले बताईन् ।