विक्रम पाण्डे समान्ता
डिभर्ना, अर्घाखाँची जेष्ठ १० । पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीबाट अभ्यास शिक्षणमा गएका शिक्षा संकाय तर्फका चौथो वर्षका विद्याथीहरुको आयोजनामा आज सन्धिखर्क नगरपालीका वडा नं. १२ डिभर्नामा रहेका ज्ञान प्रकाश मावि सल्लिकोटमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेका छन् ।
धुम्रपान त्यागौँ , स्वास्थ्य जीवन शैली अपनाऔँ , क्यान्सर रोगबाट बचौँ विषययक बक्तृत्वकला प्रतियोगिता ज्ञान प्रकास मावि सल्लिकोटमा प्रधानाध्यपाक सुर्य बहादुर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रतियोगितामा अमृत बस्याल प्रथम , श्रेया पौडेल द्धितीय , आकाश कुँवर तृतीय र श्रृष्टि श्रेष्ठ सान्त्वना भएका थिए । विजय विद्यार्थीहरुलाई प्रमुख अथिती खनालले पुरस्कार प्रदान गरे ।
पुरुकार वितरण गर्दै खनालले विद्याथीको सिर्जनशीलता र बौद्धिक क्षमताको विकासमा यस्ता कृयाकलापले अध्ययन सिकाइमा महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले कार्यक्रम गरेकोमा अभ्यास शिक्षणमा आएका विद्यार्थीहरुलाई धन्यवाद दिए । कार्यक्रम छात्रा शिक्षिका सपना थापाको अध्यक्षता , स्वागत मन्तब्य छात्रा शिक्षिका सुस्मा बस्याल तथा विनिता परीयारको संचालनमा सम्पन्न भएको थियो ।