किमडाँडाको नेपालीचौरमा शिक्षक अभिभावक भेला सम्पन्न (तस्बिर सहित)

गोपाल प्रसाद भट्टराई 
किमडाँडा, अर्घाखाँची जेठ १०  । अंग्रेजी भाषाको पढाईलाई गुणस्तरिय शिक्षा भनेर बुझ्नु गलत हुने एक कार्यक्रमका वक्ताहरुले जिकिर गरेका छन् । नेपाली एक भाषा भएजस्तै अंग्रेजी पनि दोस्रो भाषा भएकोले यसलाई गुणस्तरिय शिक्षा भनेर नझुक्किन उनिहरुले आग्रह गरेका छन् ।
जनता अधारभुत विद्यालय सन्धिखर्क–८ किमडाँडाको नेपालीचौर अर्घाखाँचीमा आज सम्पन्न शिक्षक अभिभावक भेलामा बोल्ने वक्ताहरुले यस्तो आग्रह गरेका हुन् । शिक्षाको पूर्ण जिम्मेवारी राज्यले लिन नसक्दा शिक्षा जस्तो क्षेत्रले ब्यपारिक केन्द्रको रुपमा परिचय बनाउनु बिडम्बना भएको उनिहरुको भनाई छ । ब्यबसायिक सफलताको होडबाजीमा प्रचार गरिएको अंग्रेजी शिक्षाको पछि दौडिनु भन्दापनि बैज्ञानिक र संस्कार सिकाउने शिक्षा नै अहिलेको आवस्यकता भएको उनिहरुको ठहर छ ।
विद्यालय व्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता,प्र.अ.कमल प्रसाद गैरेको स्वागत मन्तव्य र शिक्षक शालिकराम पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा युन ह्याबिट्याट अर्घाखाँचीका प्रमुख शिवराज न्यौपाने,प्रकाश सचेतन समुह अर्घाखाँचीका निर्देशक प्रेम नारायण गैरे,अभिभावक गोपाल प्रसाद भट्टराई,तुलसा बन्जाडे,दुर्गा प्रसाद भुसाल लगायतले मन्तव्य राख्दै बुवा आमाले आफुहरु ब्यस्त भएको बहानामा बालाबालिकालाई स्कुलको मात्रै जिम्मामा छोड्दै गएमा सामाजिक संस्कारबाट बिमुख हुने बताउनुभएको छ ।
जति ब्यस्त भएपनि बालबालिकाको उज्ज्वल भविस्यको निम्ती उसको चारित्रिक सुधारमा ध्यान दिन उहांहरुले अभिभावकहरुलाई सुझाव दिनुभएको छ । गुणस्तरिय पढाइ हुन्न भन्ने भ्रमका कारण सामुदायिक विद्यालयप्रति घटेको विद्यार्थी मोहलाई चुनौंती दिंदै अगाडि बढेको जनता अधारभुत विद्यालयमा अहिले ९८ जना विद्यार्थीले अध्यन गर्दै आएका छन् ।
कक्षा तिन सम्म ७ जना विद्यार्थीले अध्ययन गरेको कक्षा ४ सम्म पढाई हुने उक्त विद्यालयमा गत शैक्षिक शत्रदेखी विद्यार्थी र अभिभावकको मोह बढ्दै गएको पत्रकार गोपाल प्रसाद भट्टराईले खबर लेख्नुभएको छ ।

अन्य समाचारहरु