( प्रकासित मिती: २०७६ ज्येष्ठ ११, शनिवार)
सागर महत
सिद्धारा, अर्घाखाँची जेठ ११ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १० सिद्धाराको जनजागृति मावि बोहखर (बाघखाेर) विद्यालयमा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ ।
सदरमुकामबाट मात्र प्रदान हुने सेवा आफ्नै गाँउबाट प्राप्त भएपछि अर्घाखाँचीको सितगंगा नगरपालिकाका स्थानीय बासिन्दाहरु हर्षित भएका छन् । शिविरमा आउनका लागी ४ घन्टा लागेपनी हामीहरु निकै खुशी छौ भन्नु हुन्छ,, सितगंगा नगरपालिकाका वार्ड न १० सिद्धारा डि की शान्ता भण्डारीको भनाइ छ ।
सितगंगा नगरपालिकाको वाड न ९,१०,११ लाइ समेटेर वाड न १० को जनजागृति माबिमा राखेको एकिकृत घुम्ती शिविरमा विनाझञ्झट, छोटै समयमा सबै सेवा पाँउदा स्थानीय हरु हर्षित भएका हुन् । नागरिकता बनाउनकै लागि दुई दिनको समय खर्च गरेर सदरमुकाम सन्धिखर्क आउन पर्ने त्यसमा पनि पैसा धेरै खर्च हुन्छ । गाउँमै सेवा पाउदाँ निकै खुशी छौ भन्नुहुन्छ,,,,, तल्ला सिद्धाराका ८१ बर्षिय तुल बहादुर विक भनाइ छ।
जिल्ला प्रशासनको आयोजना र सितगंगा नगरपालिकाको संयोजनमा शिविर सञ्चालन भएको हो । शिविरबाट झण्डै १ हजारले सेवा प्राप्त गरेका छन् । विना झण्झट आफ्नै गाउँबाट जिल्ला सदरमुकाम बाट प्रदान गरिने सेवा प्रदान दिन शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।
जिल्ला प्रशासनबाट प्रदान हुने नागरिकता, जिल्ला कृषि ज्ञान केन्द्रबाट माटो परीक्षण, जिल्ला स्वास्थ्य कार्यलयबाट निशुल्क स्वास्थ्य जाँच र आँखा अस्पातालको निशुल्क आङ्खाग जाच, निशुल्क औषधी वितरण डिभिजनल कार्यालय बाट डलेलो नियन्त्रण सम्बन्धीत सचेतना अभियान जिल्ला प्रहरी कार्यालय बाट समुदाय प्रहरी साझेदारी कार्यक्रम नेपाल हृदयरोग निवारण बाट मुटु तथा प्रेसरका लागी निशुल्क जाच जस्ता जिल्लास्तरका सबै कार्यालयबाट प्रदान हुने सेवा प्रवाह शिविरमा गरिएको थियो । सिंहदरबारको अधिकार घरघरमा भन्ने संघीयताको नारालाइ सफल बनाउन शिविर सञ्चालन गरिएको सितगंगा नगरपालिकाका नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधीकारीले बताउनु भयो ।

नेपालको सबै भन्दा ठुलो नगरपालिका सितगंगा नगरपालिका भएता पनी भौगोलीक बनाबटले नगरपालिकाको विकास गर्न समस्या भएको नगर प्रमुख अधिकारीको भनाइ छ ।यसमा केन्द्र सरकार प्रदेश सरकारले यस क्षेत्र लाइ हेर्न जरुरी रहेको बताउनु भयो ।अकोृ तर्फ करीब ७०० हेक्टर बनजंगलले ओगटेको क्षेत्र भएकाले बस्ती बसाइ अन्य गाउँपालिका नगरपालिका जस्तो गरी नमीलोकोले समस्या भएता पनि विकास निर्माण काममा आफु निरन्तर लागेको बताउनु भयो ।
शिविरमा नागरिकता २ सय ६१ थान नागरीता वितरण गरिएको छ भने हिजो समय नपुगेको ले २०० नागरीता आज वितरण गरीने भएको छ । १४० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । आयुर्वेद, स्वास्थ्य परिक्षण ४२१ जनाले गरेका छन् । आँखा जाँच १५० जेष्ठ नागरीक परीचय पत्र ५९ जना लाइ वितरण निशुल्क मुटु जाच १२० जना गरेका छन । उनीहरुले औषधी पनि निशुल्क पाएका छन् । शिविर आज पनि संचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी बिस्नुराज बेल्बासेले जानकारी दिनु भयो ।
शिविरमा जिल्ला समन्वय समिति अर्घाखाँचीका उपप्रमुख रिषी पुलामी, सितगंगा नगरपालिकाका उपप्रमुख टिका रेष्मी, अर्घाखाँचीका प्रहरी प्रमुख नवराज मल्ल, ससस्त्र प्रहरीका प्रमुख गोपाल श्रेष्ठ, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारी, जिल्ला डिभिजनल वन अधिकृत शिला पोख्रेल, नेपाली कांग्रेसका नेता माधब पौडेल, वडा अध्यक्षहरु हिम्मत पोखरेल, भिम केसी, कोपिल चन्द्रआले, प्रधानाध्यापक रोमाखर बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।