फाइल फोटो
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले भोली जेष्ठ १३ गते सोमबार आव्हान गरेको नेपाल बन्द सफल पार्न अर्घाखाँचीबासीलाई अपिल गरेको छ । बन्द कार्यक्रम अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने धम्की समेत नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले दिएको छ ।
आईतबार नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सेक्रेटरी खिम घर्तीले निकालेको एक विज्ञप्ती अनुसार आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको, आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन, प्रकाउ गरेको भन्दै नेकपाले त्यसको विरोधमा जेष्ठ १३ गते सोमबार नेपाल बन्दको आव्हान गरेको बताएको छ ।
यस्तै सो पार्टीले नेपाल बन्दको अघिल्लो दिन आईतबार साँझ अर्घाखाँचीभरी मसाल जुलुस प्रदर्शन गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारले देशलाई गृहयुद्धमा धकेल्न खोजेको आरोप लगाउँदै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सांगठानिक कामको सिलसिलामा गत मंगलवार भोजपुर र खोटाङको सीमानामा केपी ओली सरकारको ठाडो आदेशमा हाम्रो युवा संगठनका नेता घिमिरेलाई सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तका नाममा हत्या गरेको छ । केपी–पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध रूपमा गृहयुद्धमा धकेल्ने कुचेष्टा गरिराखेको छ ।’ नैतिकताहिन धरपकड रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायत सम्पुर्ण कार्यकर्ताहरुलाई विना शर्त मुक्त गर्न ओली सरकारसँग माग गरिएको छ ।
यस्तै आईतबार नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका एक जना जिल्ला सदस्यले भने बन्द अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् । उनले डट्कमलाई जानकारी गराए अनुसार बन्द असफल गराउनेको विवरण लिने र सोही अनुसार भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।
अर्घाखाँचीभर सुरक्षा व्यवस्था कडा
यसैक्रममा अर्घाखाँचीभर सुरक्षा व्यवस्था कडा पारीएको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ । प्रहरीका अनुसार विप्लवका बन्द गर्न आउने नेता कार्यकर्ताहरुलाई तत्काल प्रकाउ गरिने छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत बिहीवार जारी गरेको विज्ञप्तिमा जेठ १० र ११ गते भण्डाफोर र कोणसभा, १२ गते देशव्यापी मसाल जुलुस र १३ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको थियो ।
यस्तो छ विज्ञप्ती:-