सन्धिखर्कमा समता स्कुलको दोस्रो वार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले शैक्षिक क्षेत्रको बिकासका लागि नगरपालिकाले नयाँ ढंगबाट योजनाहरु अगाडि सारेको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा स्थापना भएको समता स्कुलको दोस्रो वार्षिक उत्सब तथा अभिभाबक भेलालाई सम्बोधन गर्दै नगरउपप्रमुख बिकले बैज्ञानिक र प्राबिधिक शिक्षा अहिलेको मुख्य आवस्यक्ता भएकोले अब नयाँ शिक्षा नीति अनुसार पठनपाठन सुचारू गर्नु पर्नेमा जोड दिनु भयो । उहाले समता स्कुलले सुन्चालन गरेको पठनपाठन निकै राम्रो र सर्वसुलभ रहेको बताउदै यस्ता खालका बिधालयहरुलाई प्रोत्साहन गरिने बताउनु भयो ।
बिकले बिधार्थिहरुले कस्तो प्रगति गरेका छन भन्ने कुरा अभिभावकले ख्याल गर्नु पर्ने बताउदै बिधार्थिहरुको पढाइमा अभिभावकले ध्यान नदिए बिधार्थिले राम्रो उपलब्धि हासिल गर्न नसक्ने बताउनु भयो ।
नगरपालिकाको अनुगमन समितिका संयोजक समेत रहनु भएका उपप्रमुख बिकले नगरपालिका भित्रका सबै बिधालयहरुको अनुगमन गरि गुणस्तरीय शिक्षा प्रधान गर्न लगाउने दावी गर्दै नगरपालिका भित्र नमुना बिधालयहरु बनाउने अभियानमा लाग्ने बताउनु भयो ।
कार्यक्रममा वार्ड नम्बर २ का अध्यक्ष मोतिजग रायमाझी लगायतले मन्तब्य राख्नु भएको थियोे । विद्यालय प्रीन्सिपल मञ्जु आचार्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम भेष बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयलाइ सहयाेग प्रदान गर्नु हुने ,अभिभावक निमकला भुसाल र शिक्षिका पवित्रा भुसाललाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरियकाे थियाे ।मासिक रू एक सय रुपैयाँमा पढाइ हुने यस विद्यालयमा हाल नर्सरी देखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा १९६ विद्यार्थीहरूले अध्ययन गर्दै आएका छन् । यस विद्यालयमा हाल १३ जना शिक्षक शिक्षिकाहरू अध्यापनरत हुनुहुन्छ ।

अन्य समाचारहरु