अर्घाखाँचीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का असन्तुष्ट पक्षको भेला

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का असन्तुष्ट पक्षले भेला गरेका छन् । 
तत्कालिन नेकपा एमालेकाे साताैँ जिल्ला अधिबेशनबाट निर्वाचित १३ जना सदस्यहरुले एकता प्रकृयाबाट आफुहरुलाई वाईपास गरिएकाे भन्दै असन्तुष्टी जनाएका छन् ।
सन्धिखर्कमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै पुर्व एमाले पक्षिय नेता कुलदिप भुसाल लगायतले अधिबेशनबाट पराजित भएकाहरुलाइ जिल्ला समितिमा समेट्दा आफुहरुलाई नियाेजित रुपमा बाईपास गरिएकाे आराेप लगाएका हुन् ।
२०६९ फागुन ४ र ५ गते निर्वाचित ५५ जना मध्ये १३ जनालाई बाईपास गरिएकाे बताउदै उनिहरुले आफुहरु पदकाे भन्दा पनि विधि र प्रकृयाकाे पक्षमा रहेकाे बताए ।
यसरी असन्तुष्टी ब्यक्त गर्नेहरुमा कुलदिप भुसाल, खगेन्द्र घिमिरे, राजकुमार श्रेष्ठ, बिष्णु पन्थी, सुमित्रा मुखिया, निरबहादुर थापा, कमला भट्टराई, पुष्पा भाट, बाेमकला बिक, सर्मिला श्रेष्ठ, गिता आचार्य, रुद्र सुनाम, वीर बहादुर सुनार लगायतकाे असन्तुष्टी रहेकाे बुझिएकाे छ ।
 

अन्य समाचारहरु