सन्धिखर्कमा गणतन्त्र दिवस २०७६ काे अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क,  अर्घाखाँची  । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा गणतन्त्र दिवस २०७६ काे अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगितामा जनप्रतिनिधि ,राजनीतिक दल,पत्रकार , व्यवसायी र राष्ट्र सेवक कर्मचारी बिच प्रतिस्पर्धा भएकाे हाे । 
जसमा जनप्रतिनिधि ,राजनीतिक दल,पत्रकार र व्यवसायी हरूकाे टिमले राष्ट्र सेवक कर्मचारीलाई २ गाेलले हराएको थियाे । जनप्रतिनिधि, राजनीतिक दल, पत्रकारकाे तर्फबाट पिताम्बर शर्मा भुसाल र कर्मचारीकाे तर्फबाट प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने  फुटबल प्रतियोगितामा  क्याप्टेन रहेका थिए । 

अन्य समाचारहरु