सन्धिखर्कमा दलित सशक्तिकरण सम्बन्धी दुई दिने गोष्ठी संचालन (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले सामाजिक रुपमा धेरै कुरा परिवर्तन आएपनि ब्यावहरिक रुपमा   अझै पनि समाजमा दलितलाई हेर्ने दिष्टिकोण परिवर्तन हुन नसकेको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ ले आयोजना गरेको दलित सशक्तिकरण दुई दिने गोष्ठी बोल्दै उपप्रमुख बिकले अब तालिममा सिकेका कुरा आफ्नो गाउँ ठाउँ छिमेकमा लागि दलित समुदायका अगुवाहरुलाई जानकारी दिन र सिकेको सिपलाई ब्यवहाँरमा उतार्न आग्रह गर्नु भएको छ ।
उहाले यस्ताखाल तालिमहरुबाट धेरैले नेतृत्व बिकास गर्न सक्छन दलितहरु पनि नीति निर्माण गर्ने तहमा पुगुन भन्ने उदेश्य अनुरुप नगरपालिका तथा वार्डहरुले लक्षित बर्गका यस्ता कार्यक्रम आयोजना गरेकोले ध्यानपुर्बक तालिमबाट ठुलो उपलब्धि हुने आफुले बिश्वास गरेकोले  सोही अनुसार गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेले तालिमबाट धेरै भन्दा धेरै ज्ञान हासिल गरि समाज सुधारमा लाग्न आग्रह गर्नु भयो । उहाले अब फजुल खर्च नगरि यस्ता खालका रचनात्मक काम वार्ड नम्बर १ ले आयोजना गरेकोले अन्य वार्डले पनि यसको सिको गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, प्रहरी नायब उपरीक्षक नबराज मल्ल, वार्ड नम्बर २ का अध्यक्ष मोतिजग रायमाझी वार्ड सदस्य सुस्मा श्रेष्ठ  वार्ड नम्बर १ का वार्ड सदस्य बल बहादुर बिसि सुमित्रा मुखिया आसा परियार पत्रकार महासघका अध्यक्ष हिम लेकाली प्रशिक्षक जिल्ला न्याधिबक्ता हरि घिमिरे स्वास्थ्यकर्मि चुरामणि भुसाल दलित लिडर बिस्नु परियार लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम वार्ड अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता नगरसभा सदस्य लक्ष्मण पराजुलीको सन्चालनमा सुरु भएको तालिममा ४० जनाले सहभागीता जनाएका छन ।

अन्य समाचारहरु