श्याम घिमिरे
सन्धिखर्क जेठ १६ अर्घाखाँची। अर्घाखाँचीे जिल्लाको सदरमुकाम सन्धिखर्कमा बुहत निशुल्क योग बिज्ञान शिबिर सन्चालन हुने भएको छ ।
अर्घाखाँची युबा परीषद अर्घाखाँची ,साथी सहकारी संस्था सन्धिखर्क र पतञ्जली योग समिति अर्घाखाँचीको संयुक्त आयोजनामा यही जेठ २३ गते देखी २७ गते सम्म सन्धिखर्कको टुडिखेल मैदानमा ५ दिने निशुल्क शिबिर सन्चालन हुने भएको हो ।
शरीरलाई स्वस्थ्य,फुर्तिलो,जागरीलो र तन्दरुष्ट बनाउने र सकारात्कम सोचको बिकास गर्ने उद्धेश्यले शिबिरको सन्चालन गर्न लागीएको आयोजकले जनाएको छ ।
शिबिरको बारेमा जानकारी दिने उद्धेश्यले बिहिबार सन्धिखर्कमा पत्रकार भेटघाट कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण गर्दे साथी सहकारीका कार्यकारी निर्देशक प्रकाश भुसालले शिबिर सन्चालनको लागी पतञ्जली योग समितिका केन्द्रीय सदस्य शान्ता खत्री संयोजक र साथी सहकारी संस्थाका अध्यक्ष धर्मराज भुसाल,अर्घाखाँची युबा परीषद्का अध्यक्ष काजी श्रेष्ठ तथा पतञ्जली योग समितिका भुपु जिल्ला अध्यक्ष पिताम्बर बन्जाडे सह–संयोजक रहेको मुल आयोजक समिति गठन गरीएको सहकारीका निर्देशक तथा मुलआयोजक समितिका समेत सदस्य सचिब रहेका भुसालले बताए ।
यस्तै शिबिरलाई ब्यबस्थीत रुपमा सन्चालन गर्नको लागी बिभिन्न ७ वटा उपसमितिको समेत निर्माण गरीएको भुसालले बताए । दैनिक करीब १५ सय जना सहभागी हुने लक्ष्य राखीएको शिबिरमा नेपालका चर्चित योग प्रशिक्षकहरुको सहभागीता रहने आयोजकले जनाएको छ । शिबिर हरेक दिन बिहान साढे ४ बजे बाट सुरु भई साढे ६ बजे सम्म सन्चालन हुने छ ।