अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विश्व धुम्रपान रहित दिवस प्रभावफेरी, प्रवचन लगायतका कार्यक्रम गरी मनाइएको छ ।
विश्व धुम्रपान रहित दिवसमा सन्धिखर्कका बिभिन्न्न भाग हुँदै प्रभावफेरी निकाली बगैचामा प्रवचन कार्यक्रम आयोजना गरिएको थियो ।
विश्व धूम्रपान रहित दिवसको दिन पुर्व उप-प्रधानमन्त्रि तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीको प्रमुख अथितिमा अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बाट १ सय १५ जनाले आजीवन सदस्य लिएका छन् । विश्व धूम्रपान रहित दिवसमा आजीवन सदस्य ल्याउने सदस्यहरुलाई प्रमुख अथिति टोपबहादुर रायमाझीको हात बाट प्रमाण पत्र प्रधान गर्नु भएको थियो ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट मानव स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हँुदाहँुदै पनि मानिसले धूम्रपान तथा सुर्तीजन्य पदार्थलाई त्याग्न नसक्नुले हाल आएर विश्वमा वार्षिक ७० लाख भन्दा बढी मानिसको मृत्यु भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
नेपालमा पनि धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाटै वार्षिक १५ हजार देखि २५ हजार नेपालीको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ । चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वकालागि ठूलो चुनौती हो, कागजको पानाभित्र भरीएको सुर्तिको कसबाट निस्किने निकोटीनको यो लतबाट संसारवासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । धुम्र अर्थात धूँवाजन्य वस्तु अनि पान अर्थात सेवन, यसअर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिडी लगायत अन्य धेरै धूँवाजन्य उपभोगका बस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा आज संसारभरी जनजागरण फैलाईन्छ ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिब ४२ जना र प्रतिघण्टा दुई जना नेपालीको मृत्यु हुने गरेको छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मानव शरीरमा क्यान्सर, दम, हृदयरोग लगायतका समस्या देखा पर्ने हुँदा ग्रामीण क्षेत्रसम्म जनचेतना पु¥याउनुपर्ने अवस्था रहेको छ ।