अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको पकलेमा रहेको श्री जनता कृष्ण मावीका विधार्थीहरुले मानवसाङ्लो प्रदर्शन गरेका छन् ।
किमडाँडाको पकलेमा रहेको श्री जनता कृष्ण मावीका विधार्थीहरुले शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तरगत “जनता” बनाई मानवसाङ्लो प्रदर्शन गरेका हुन् ।
जनता कृष्ण मावीका विधार्थीहरुले हरेक हप्ताको अन्ततिर सरसफाई लगायतका अतिरिक्त क्रियाकलाप अन्तरगत आज शुक्रबार मानवसाङ्लो प्रदर्शन गरेका हुन् ।
विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको यस विधालयलाई प्रबिधियुक्त बनाइएको छ । यहाँ शिक्षण सिकाइ र शिक्षक विद्यार्थी गतिविधि अनुगमनका लागि सिसी क्यामरा समेत जडान गरिएको छ ।