अर्घाखाँचीडट्कम संवाददाता
ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) जेठ १८ । नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान सुक्रबार अर्घाखाँचीको छत्रदेव गाँउपालिका वडा नम्बर–६ को ठुलापोखरामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रधानमन्त्रि केपी सर्माओलीले संघियतालाई कमजोर बनाउन लागेको आरोप लगाउनु भएको छ । ,
नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल , सचिव विष्णु भुसाल, , क्षेत्रीय सभापति केसवराज कुवर, महासमिति सदस्य डाक्टर मुक्ति श्रेष्ठ, केशव श्रेक्ष्ठ , महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, पुर्व सचिव लोकेन्द्र बिक, हरिहर आचार्य, जिल्ला सदस्य तारा प्रसाद श्रेष्ठ, वावुराम पौडेल, किमकला भुसाल छत्रदेव गाउपालिका वार्ड नं. ६ वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम नेपाली कांग्रेसका वडा सभापति खडानन्द पौडेलको सभापतित्व, फसुरार्म पाण्डेको स्वागत मनतब्य र बिजय पौडेलको संचालनमा सम्पन्न भएको थियो ।