सुर्य भुसाल
टुडिखेल-सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको हललाईनमा रहेको पुर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकले सन्धिखर्कको टुडिखेलमा रहेको सुविधा सम्पन्न भबनबाट आफ्नो सेवा सुचारु गर्ने भएको छ ।
आगामी अषाढ १ गतेबाट सन्धिखर्कको टुडिखेलमा रहेको सुविधा सम्पन्न भबनबाट आफ्नो सेवा सुचारु गर्ने तैयारी गरेको बैकका प्रबन्धक गोपालप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
जिल्ला समन्वय समितिको सभाहललाई बैकले निकै आकर्षक डेकोरेसन गरि आफ्नो सेवा दिन लागेको हो । ठूलो पार्किङ एरिया भएको सभाहल जिल्ला समन्वय समितिले बाणिज्य बैकलाई उपलब्ध गराएपछि बैक हललाईनबाट सर्न लागेको म्यानेजर न्यौपानेले बताए ।
सभाहल अगाडिको कम्पाउन्डमा झन्डै साना ठुला गरि २ सय गाडी अट्ने क्षमता भएको समन्वय समितिका नासु मुक्ति खनालले बताउनु भयो ।
बैकको अगाडि एटीएम सेवा कम्पाउन्ड भित्र पानीको फहरा समेतको ब्यबस्थापन गर्न लागिएको न्यौपानेको भनाइ छ । बैक सो भबनमा सरेपछि अर्घाखाँचीका कार्यालयमा निकै आकर्षक कार्यालय हुने स्थानियले बताउछन ।