छत्रदेवमा भीषण पानीसहितको हावाहुरीले वितण्डा, ६० घरको छाना उडायो (तस्बिर सहित)

प्रेमनारायण आचार्य
 
छत्रदेव,  अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा आइतबार बेलुका आएको भीषण पानीसहितको हावाहुरीले वितण्डा मच्चाएको छ। 
हावाहुरीका कारण छत्रदेव गाँउपालिकाका २ र ३ नम्बर वडाका ६० घरगोठको छानो उडाएको छ। भने  एक विद्यालयको  पनि छानो उडाएको छ ।
हाबाहुरीले शहीद मेमोरियल स्कुलको छानासहित ६० घर गोठको छाना उडाएको नेपाली कांग्रेसका जिल्ला सदस्य तथा स्थानीय पिताम्बर खनालले बताए। बल्कोटको हुलाकदेखि पाटीसम्मको क्षेत्रमा बढी क्षति पुगेको उनले जानकारी दिए। 
हावाहुरीले रुखका हांगा तथा फलफुलका सयौँ बोट पनि भाँचेको छ। हावाहुरीले पुर्‍याएको क्षतिको पूरा विवरण आउन सकेको छैन।
 

अन्य समाचारहरु