अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौँ(अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङका एक एमबीबीएस गर्दै गरेका विधार्थी काठमाडौँबाट बेपत्ता भएका छन् ।
ढाकावाङका शिशिर खनाल गत जेष्ठ १७ गते शुक्रबारदेखि काठमाडौँबाट बेपत्ता भएका छन् । घरबाट रातो रंगको बा ८७ प ७८०४ नम्बरको पल्सर बाईकमा निस्किएका शिशिर मोबाईल नम्बरबाट स्थान पहिचान गर्दा ललितपुरको धोवीघाट देखिएको प्रहरीले बताएको छ ।
शिशिरले काठमाडौं मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा पढदै थिए ।
उनलाई कसैले देखेमा ९८४७५०९२४४ , ९८४७१५६७७२ , ९८४३०६०९७९ नम्बर वा नजिकको प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
गत शुक्रबारदेखि सम्पर्क बिहिन रहेका शिशिरको खोजी गरिदिन परिवारले प्रहरी लगायत सबैमा अनुरोध गरेका छन् ।