सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काङग्रेस अर्घाखाँचीले यहि जेष्ठ १९ गते आइतबार अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वडा नं. १ , २ ,३ र ४ लगायतका स्थानहरुमा आएको हावाहुरीले भौतिक संरचनामा पुर्याएको क्षेती प्रति दुख ब्यक्त गरेको छ । साथै उद्धार कार्य तथा सहयोगमा जुट्न आग्रह गरेको छ ।
आज जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानद्धारा हस्ताक्षेरीत गरीएको एक प्रेस विज्ञप्ती जारी गर्दै आइतबार आएको हावाहुरीले छत्रदेव गाउँपालिकाको वडा नं. १ , २ ,३ र ४ लगायतका स्थानहरुमा पुर्याएको क्षेती प्रति दुख ब्यक्त गरेको हो ।
विज्ञप्तीमा लेखिएको छ , “उक्त स्थानहरुमा हावाहुरीले पुर्याएको क्षेती प्रति नेपाली काङग्रेस अर्घाखाँची दुख ब्यक्त गर्दछ ।
पिडितहरुलाई विनाकुनै झन्झट तत्काल राहत वितरण र विग्रे भत्केका संरचनाहरको यथासक्य छिटो पुन निर्माण गर्न हामी सरकार समक्ष जोडदार माग गर्दछौँ । ”
त्यस्तै विज्ञप्तीमा छत्रदेव गाउँपालिकामा रहेको समाजिक सस्थाहरुले उद्धार कार्यमा खेलेको भुमिका प्रति नेपाली काङग्रेस अर्घाखाँचीले धन्यवाद ब्यक्त गरेको छ । साथै क्षेती ग्रस्त संरचना निर्माणको लागी सम्पूर्ण उद्योगी ब्यापारी , समाजसेवीहरुलाई सहयोगको लागी पार्टीले अनुरोध गरेको छ ।