प्रदिप नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रदेश सभा सदस्य आचार्यले दुख व्यक्त नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका अध्यक्ष तथा प्रदेश सभा सदस्य चेतनारायण आचार्यले अर्घाखाँचीको छत्रदेब गाउँपालिकामा हावाहुरीले पुर्याएको क्षति प्रती गहिरो दुख व्यक्त गर्नु भएको छ ।
प्रदेश सभाका सदस्य समेत रहनुभएका आचार्यले हावाहुरीले घरगोठ उडएका परिवार लाई तत्काल क्षतिपूर्ति तथा राहत दिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
साथै उहाँले बिपत्तिको समयमा धैर्य गर्न आम जनतालाई आग्रह गर्दै प्रत्यक्ष रुपमा जनता लाई सहयोग पुर्याउन पार्टी कार्यकर्ता लाई निर्देशन दिंदै कुनै पनि हालतमा पिडित परिवारलाई राहत दिलाउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
साथै ऊहाँले आगामि दिनहरुमा यस्ताखाले बिपत्ति हुन नदिन सरकारले घर र गोठ निर्माणमा बिशेष सहयोग गर्नुपर्ने समेत बताउनु भएको छ ।