कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची । परियार सेवा समाज अर्घाखाँचीको भेटघाट कार्यक्रममा बिष्णु परियारको अध्यक्षतामा सोमबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
प्रमुख आतीथ्यता तथा केन्द्रिय अध्यक्ष डिलबादुर परियार डि बि विशिष्ट आतीथ्यतामा केन्द्रिय महासचिव अन्जान परियार धङधङीकि पत्रकार महिला अधिकार कर्मी शर्मिला परियार बाग्चन पाल्पा अध्यक्ष सुजन परियार कार्की दाङको अध्यक्ष केशव परियार लगाएतकाले वोल्नु भएको थियो । भेटघाट कार्यक्रम अबशरमा पार्दै सस्थांपक केन्द्रिय अध्यक्ष परियारले राज्यले अझैपनि परियार जातिहरुको हक अधिकारका लागी कन्जुस्याइ गरेको बताउनुभएको छ ।
राज्यको नगरमा दलित समुदाय अझै माथि उठ्न नसकेको बताउदै आफ्ना साझा एजेन्डामा दलितहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाले परियार जातिहरुको कला एबं संस्कृतिको पहिचानलाइ सम्बर्धन गर्नका लागी सबै परियारहरु एक भइ संगठित हुनुपर्ने बताउनुभयो ।
परियारहरुको एकता एबं कला संकृतिको पहिचानलाइ बढाउनका लागी जोड दिनुभएको छ।
कार्यक्रममा स्वागत मन्तव्य मनिराम परियार र सहजिकरण पिर्तम परियार दलितले गर्नुभएका थियो ।