अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी बहुमुखि क्याम्पस, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित पाणिनी बहुमुखि क्याम्पसमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार “बिद्यालय-प्रहरी सम्पर्क कार्यक्रम” सम्पन्न भएको छ ।
पाणिनीका स्नातक प्रथम र द्धितिय वर्षमा अध्ययनरत छात्र छात्रा १५०जना पत्रकार, शिक्षकलाई लागु औषध दुर्ब्यसन नियन्त्रण, ऐन कानून, प्रहरी र समाजमा विद्यमान विविध अपराधहरुको बारेमा प्रशिक्षण दिईएको थियो ।
प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबराज मल्ल र प्रहरी सहायक निरीक्षक आषिश बिश्वकर्माले प्रशिक्षण दिनु भएको थियो ।