अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । यहि जेष्ठ १९ गते आइतबार अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वडा नं. १ , २ ,३ र ४ लगायतका स्थानहरुमा आएको हावाहुरीले भौतिक संरचनामा पुर्याएको क्षेती प्रति पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी र राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दु:ख ब्यक्त गरेका छन् ।
टाेपबहादुर रायमाझी र चन्द्रबहादुर खड्का प्रेस बिज्ञप्ती निकालेर दु:ख ब्यक्त गरेका हुन् । साथै उद्धार कार्य तथा सहयोगमा जुट्न आग्रह गरेका छन्
नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका अध्यक्ष तथा प्रदेश सभा सदस्य चेतनारायण आचार्य र नेपाली काग्रेस जिल्ला सभापति बिप्णु प्रसाद खनालले छत्रदेब गाउँपालिकामा हावाहुरीले पुर्याएको क्षति प्रती गहिरो दुख व्यक्त गरेका थिए ।
छत्रदेवमा हावाहुरीले भौतिक संरचनामा पुर्याएको क्षती प्रति कांग्रेस अर्घाखाँचीद्वारा दु:ख ब्यक्त (प्रेस विज्ञप्ति सहित)