सिद्धाराको फोर्सलमा घाँस काट्ने क्रममा रुखबाट खसेर २६ वर्षिया विवाहित युवतीको मृत्यु

सिद्धारामा
गणेश बेल्बासे संगम
फोर्सल, अर्घाखाँची । घाँस काट्ने क्रममा रुखबाट खसेर अर्घाखाँचीको शितगंगा नगरपालिका-११ सिद्धाराको फोर्सलमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी गणेशमान आलेको २६ वर्षिया श्रीमती पुष्पा आले रहेकी छन् ।
बिहिबार बिहान घरनजिकै भिरमा रहेको खन्युको रूखमा चढेर घाँस काट्ने क्रममा टेकेको हाँगो भाच्चिएर एक्कासी  भिरबाट ६० मिटर तल खसी घाइते भएकी आलेको उपचारका लागि बुटवल तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी कार्यालय ठाडाले बताएको छ ।  
मृतकको श्रीमानसँगै डेढ वर्षको एउटा छोरा रहेका छन्। मृतक आले सितगंगा ११ का वडा अध्यक्ष कोपिलाचन्द आलेको आफ्नै  भाइ बुहारी हुन्।
कपिलवस्तुको तौलिहवामा शव परीक्षणका लागि पठाईएको थियो । शव परीक्षण पछि दास संस्कारका लागि घर तिर लगिएको परिवार स्रोतले बताएको छ ।

अन्य समाचारहरु