चुत्राबेसीमा सिद्धेश्वर शक्तिपीठद्वारा प्रहरी नायब उपरीक्षक नबराज मल्ललाई बिदाई

 श्याम घिमिरे 
चुत्राबेसी, जेठ २३ अर्घाखाँची । शिद्धेश्वर शिबालय तथा आनन्द बृद्धाश्रम सन्चालक समिति सन्धिखर्क २ चुत्राबेसीको आयोजनामा अर्घाखाँची बाट बिदाई भएर जान लाग्नु भएका प्रहरी नायब उपरीक्षक नबराज मल्ललाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरीएको छ । मन्दीर परीषरमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै प्रहरी प्रमुख मल्ले आफ्नो १ बर्षको अर्घाखाँची बसाई समग्रमा राम्रो रहेको भन्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्न आफुले सक्दो भुमिका निर्बाह गरेको बताउनु भयो ।
कार्यक्रममा बिदाई मनतब्य राख्दै संस्थाका अध्यक्ष नारायण प्रसाद खनालले शिद्धेश्वर शिबालयको कृपाले सुस्वास्थ्य,दृघायु,पदोन्नति र राष्ट्रप्रति मायाँ ममताको प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
शिद्धेश्वर शक्ति पिठ सन्चालक समितिका अध्यक्ष नारायण खनालको अध्यक्षता र सचिब कृष्ण प्रसाद भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्यहरु राजकुमार श्रेष्ठ,मोति प्रसाद आचार्य,लालमणी भुसाल,शान्ता खत्री,कमल प्रसाद घिमिरे ,मिना कुमारी श्रेष्ठ,पुष्पा भुसाल,गोमा श्रेष्ठ,गुरुप्रसाद पोख्रेल,सुमन्त पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी प्रमुख मल्ल करीब १ बर्षको अर्घाखाँची बसाई पछी काठमाण्डौको महाराजगन्जमा रहेको प्रहरी अस्पतालमा सरुवा भएर जादैहुनुहुन्छ ।

अन्य समाचारहरु