अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा महिला तथा किशोरीहरूको लागी स्वस्थ सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ द्वारा आयोजित महिला तथा किशोरीहरूको लागी स्वस्थ सम्बन्धी चेतना मुलक कार्यक्रममा दर्जनौ स्थानिय महिला तथा किशोरीहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा वार्ड अध्यक्ष प्रितम थापा लगायतको उपस्थिती रहेको थियो ।