सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा गत बैशाख २६ गते जवरजस्ती करणीको आरोपमा प्रकाउ परेका पत्रकार तथा समाजसेवी प्रेम खड्का धरौटीमा रिहा भएका छन् ।
खड्कालाई जिल्ला अदालत अर्घाखाँचीले ७ लाख ६० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनले बाहिरबाट अदालतमा मुद्दा लडने छन् ।
करणीमा परेको भनिएकी महिला स्वयं अदालतमा उभिएर आफु जवरजस्ती करणीमा नपरेको र स्वइच्छाले मुद्धा दर्ता नगराएको बताएका स्रोतले बतायो । रिहापछि उनलाई महिला, स्थानियबासीहरुले स्वागत गरेका थिए ।
सन्धिखर्कमा गत बैशाख २६ गते जवरजस्ती करणीको आरोपमा प्रकाउ परेका समाजसेवी प्रेम खड्का निर्दोष रहेको पिडित भनिएका महिलाले बताउदै आएका छन् ।
पिडित महिलाले आफु माथि प्रहरी प्रशासनले अन्याय गरेको भन्दै न्याय प्राप्तीका लागि छुट्टा – छुटै उजुरी निवेदन हस्ताक्षर गरि गत वैशाख ३१ गते मंगलवार जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएका थिए ।
पिडितले आफु माथि प्रहरी प्रशासनले अन्याय गरेको भन्दै न्याय प्राप्तीका लागि उक्त दिन अदालतमा उपस्थीत भई स्थानिय संघ- संस्थाका प्रतिनिधि, दलका नेता, सन्चारकर्मी र स्थानियबासीको सामु आफनो भनाई सहितको उजुरी निवेदन हस्ताक्षर गरि जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएका थिए ।
पिडित महिलाले प्रहरीले जवरजस्ती धम्की दिएर कागजमा सहीछाप गर्न लगाई, जवरजस्ती पुरुष चिकित्सकबाट स्वास्थ्य परिक्षण गरेको उनिहरुको आरोप छ ।