काठमाण्डाैमा जोडिनुस जिल्लासंग अन्तर्गत अर्घाखाँची क्विज सम्पन्न, छत्रदेव गाउँपालिका प्रथम (तस्बिर सहित)

निरु आचार्य (नवरश्मी)
काठमाण्डौ । अर्घाखाँची राष्ट्रसेवक कर्मचारी समाज र जाेडिनुस् जिल्लासंग अभियानकाे संयूक्त आयोजनामा अर्घाखाँचीबाट काठमाण्डाै आइ बसाेबास गर्ने र अध्ययनरत छ वटै पालिकाका बिध्यार्थीहरुका बिच अर्घाखाँची जिल्लासंग सम्बन्धित बिषयमा हाजिरि जवाफ प्रतियाेगिता सम्पन्न भएको छ ।
 प्रतियाेगितामा छत्रदेव गाउपालिकाका, मालारानी गा.पा र भुमिकास्थान नपा क्रमश: प्रथम द्वितिय र तृतिय भएका थिए ।
सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद मा. टाेपबहादुर रायमाझी द्वारा पुरस्कार बितरण गरिएको थियो । करिब १५० जना सहभागी रहेकाे उक्त कार्यक्रमकाे अध्यक्षता समाजका महासचिव टेकनारायण पाण्डेले गरेका थिए । 
यस्तै कार्यक्रम संचालन र संयाेजन अभियानका अभियन्ता क्रमशः केबल ज्ञवाली, शुसिल भुसाल, सुभाष ज्ञवाली र तेजेन्द्र पाण्डेले गरेका थिए ।
छ वटा पालिकाका एक एक वटा समूह रहेको साथै अर्घाखाँची जिल्ला सँग सम्बन्धित प्रस्नोत्तर बनाएर नेपालमै पहिलो पटक एक बिशाल कार्यक्रमको रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा पाँच पाँच जनाको अग्र स्थानमा र तीन जनाको सहयोगी समूहको रूपमा समूह बिभाजन गरिएको थियो । पहिलो पल्ट यसरी आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको प्रश्नोत्तर बिभागका प्रमुख सुभाष ज्ञवालीले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझी बिशेष अतिथि रहेको कार्यक्रममा पर्यटन ब्यबसायी सि एन पाण्डे , चिकित्सक मुक्ती श्रेष्ठ लगायतका अतिथीहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा चिकित्सक संघका सभापति डा.मुक्ति श्रेष्ठले बधाई तथा शुभकामना ब्यक्त गर्दै कार्यक्रमको लागि रू २५०० सहयोग प्रदान गरेका थिए । अर्घाखाँची क्विज नेपालकै उदाहरणीय कार्यक्रम बनेकोमा उपस्थित सबैले खुसी व्यक्त गरेका थिए ।

अन्य समाचारहरु