पाेखराथाेकमा दुग्ध संकलन तथा बिक्री केन्द्रकाे दोस्रो बार्षिक उत्सव सम्पन्न

सुवास गाैतम 

पाेखराथाेक, अर्घाखाँची जेठ २५ । अर्घाखाँचीकाे पाणिनि २ मा रहेकाे पाेखराथाेक दुग्ध संकलन तथा बिक्री केन्द्रकाे दोस्रो बार्षिक उत्सव समाराेह पाेखराथाेक २ आफ्रा सम्पन्न भएकाे छ। 
कार्यक्रमा बाेल्दै पाणिनि गा पा अध्यक्ष तथा प्रमुख अतिथि अच्युत गाैतमले किसानहरूले राम्रो काम गर्दै गएमा पालिकाले अार्थिक सहयाेग गर्ने बताउनु भयाे। 
साेहि कार्यक्रममा बाेल्दै पाणिनि गा पा उपाध्यक्ष तथा कार्यक्रमकाे बिशिष्ठ अतिथि लक्ष्मी गाैतमले प्रतिबेदनमा अाएका कुराहरूमा अाफु सहमत भएकाे र याे दुग्ध संकलन केन्द्र पाेखराथाेकलाइ सक्दाे सहयाेग पालिकाले गर्ने बताउनु भयाे। 
साेहि कार्यक्रममा वडा अध्यक्ष नेत्र प्रसाद भट्टराईले गाई पाल्ने किसानहरूलाइ वडाले सक्दाे सहयाेग गर्ने र सबै किसानहरूलाइ गाई पालि अात्मनिर्भर बन्न आग्रह गर्नु भयाे। साेहि कार्यक्रममा बरिष्ठ व्यक्ति ठाकुर प्रसाद गाैतम समाजसेवि माधव गाैतम, रामचन्द्र गाैतम लगायतकाे उपस्थित रहेकाे थियाे। कार्यक्रममा उत्कृष्ट किसानहरूलाइ देउरालि छुर्पी उधाेगले सम्मानपत्र सहित पुरस्कार वितरण गरेकाे थियाे। 
साेहि कार्यक्रममा दुग्ध संकलन केन्द्रका सचिव राजेन्द्र गाैतमले बार्षिक प्रतिवेदन सस्थाकाे तर्फबाट पेश गर्नु भयाे। कमला अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सन्चालन बालकृष्ण पाेखरेल ले गर्नु भएकाे थियाे। 

अन्य समाचारहरु