श्याम घिमिरे
धारापानी, अर्घाखाँची जेठ २५ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडा नम्बर ४ धारापानीमा रहेको राईजिङ्ग कृषि तथा व्यवसायीक फर्मको आयोजना र केयुबिकेको पुरक अनुदानमा सञ्चालीत दुग्ध उत्पादन तथा बजारीकरण उप–आयोजनाको अन्तिम सार्वजनिक सुनाई कार्यक्रम सनिबार सम्पन्न भएको छ ।
सार्बजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै वडानम्बर ४ का वडाअध्यक्ष बाबुराम पन्थी सुनारले व्यक्ति आत्मनिर्भर बन्नकोलागी कृषि क्षेत्रलाई अबलम्बन गरी अगाडी बढ्नुपर्ने बताउनु भयो । सुनारले कृषि र पशु पालन बिना जिबन निर्बाह हुन नकक्ने भन्दै सबैलाई सामुहिक रुपमा कृषिमा लाग्न आग्रह समेत गर्नु भयो ।
केयुबिकेका निमित्त कार्यालय प्रमुख राधा नेपालीले कृषकहरुको जीवन स्तर उकास्नका लागि केयुविकेको कार्यक्रम प्रभावकारी भएको बताउनु भयोे । नेपालीले किसानका लागि आएकोे अनुदान रकम आम नागरिकहरुले देख्ने गरि सार्वजनिक हुनु पर्ने बताउदै जिल्लालाई दुधमा आत्मानिर्भर बनाउनको लागि संस्थाले दुध उत्दपादन क्षेत्र छुट्टाएर काम आगाडि बढाएको बताउनु भयो ।
स्थानीय कृषक जागृत केसीको सन्चालनमा सम्पन्न कार्यक्रममा नेकपा भुनपा ४ का अध्यक्ष हरीबहादुर केसी,नगरपालीकाका प्राबिधिक भुपाल पुन,पत्रकार श्याम घिमिरे,गोपाल प्रसाद भट्टराई जितेन्द्र खत्री,स्थानीय कृषक कृष्णबहादुर सुनार,जुना पौडेल, लगायतले मनतब्य राख्दै संस्थाको प्रगतिको कामना गर्दे आगामी दिनहरुमा अझै सशक्त रुपमा लाग्नको लागी आबश्यक परार्मश समेत दिनुभएको थियो ।
उक्त उपआयोजना केयुबीकेको रु ९ लाख २६ हजार २ सय १० रुपैया अनुदान रकम र अनुदान ग्राहीको तर्फबाट रु ११ लाख ६२ हजार ४ सय ६० गरी जम्मा रु २० लाख ८८ हजार ६ सय ७१ रुपैयाको लागतमा कार्यक्रम सम्झौता भएको संस्थाका अध्यक्ष सागर केसीले जानकारी दिनु भयोे ।
कार्यक्रममा फर्म संचालक सागर केसीले केयुबिके संस्थाको सहयोगले फर्म संचालन गर्न निकै सहयोग पुगेको बताउदै सबैलाई कृषिको क्षेत्रमा अग्रसर भै काम गर्न आग्रह समेत गर्नु भयो । फर्ममा अहिले १० ओटा गाईहरु रहेका छन भने दैनिक झन्डै ३५ लिटर दुध बजारमा बिक्री हुने गरेको केसीले बताउनुभयो ।