मालारानी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमले दैनिकी फेरियो

प्रेम नारायण आचार्य 
खन, अर्घाखाँची । मालारानी गाउँपालिका वडा नम्वर-४, खन निबासी ४० बर्षिय सिता बिकको दैनिकी परिबर्तन भएको छ ।
 ‘अहिले बिहान उठेर घरको दैनिकी सकेर छोरा छारीलाई स्कूल पठाउँछु र म पनि छोरा छारी संगै बेल्चा र दिउँसोको नास्ता बोकेर बाटो खन्न हिड्छु ।’ उहाँले भन्नुभयो । 
सिता जस्तै अन्य १ सय ७२ जनाको दैनिकी कार्यतालिकामा परिवर्तन आएको छ । दिनभर घरमा खाली बस्ने समयको सदुपयोग भएको मालारानी गाउँपालिका वडा नम्बर-६ की शोभा सारु मगरले भन्नुभयो ‘कक्षा १२ को परिक्षा दिएर खाली बसेको थिएँ । दिन भर घरमा बस्नु पर्ने बाध्यता थियो । अहिले काम पाईएको छ यसैमा खुसी छु ।’ 
अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरु मध्ये मालारानी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएपछि स्थानीयहरु काम पाएकोमा खुसी भएका छन । अहिले बेरोजगार व्याक्तिहरुको दैनिकी कार्यतालिकामा समेत परिर्बतन भएको छ ।
मालारानी गाउँपालिकामा यस आर्थीक बर्षको लागी ३८ लाख रुपैया आएकोमा ९ लाख बराबरको औजार साम्रागी खरिद गरेको र अन्य रकम बाट ९ वटा वडामा योजाना छनौट गरि १ सय ७२ जनलाई काममा लगाएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । ‘हामिले ९ वटा वडामा बाटो निर्माण गर्नको लागी जेष्ठ १५ गते देखी प्राबिधीकबाट लागत ईस्टमेट गरि उक्त रकम बराबारको नालि निर्माण र सडक स्तरउन्नती गर्नको लगाएका छौ । ’
निर्माणको काम सुरु भएको १० दिनमा काम राम्रो संग भएको मालारानी गाउँपालिका वडा नम्बर-४ का वडा अध्यक्ष बिष्णुप्रसाद पोख्रेलले बताउनु भयो । ‘मेरो वडामा १४/१४ जनाको ४ वटा समुह बनाएर काममा लगाएको छु । अहिले बाटो खन्ने काम भईरहेको छ । बाटो खन्ने काम सकिए पछि चारवटा पोखरी निर्माण गर्ने भनेर स्टमेट भएको छ । पुरुष भन्दा पनि महिलाहरुको आर्कषण भएको छ । ज्याला दर भने कम भयो अल्ली बढाउन पर्ने देखीन्छ ।’ 
अहिले एक जना कामदारले दिनमा ८ घण्टा काम गरेबापत ५ सय १७ रुपैया पाउने भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक महेश भुसालले बताउनु भयो । ‘हामिले एक जना काम दारलाई दिनमा ५ सय १७ रुपैयामा काम लगाउने निर्देशन अनुसार समझौता गरि परिचय पत्र बितरण गरेका छौ । कामको अनुगमन गर्नको लागी एक जना सुपरभाईजर समेत नियुक्त गरेका छौ ।’

अन्य समाचारहरु