सन्धिखर्कको टुडीखेलमा पाँच दिने बृहत निशुल्क योग विज्ञान शिविर समापन (भिडियो, तस्बिर सहित)
जेष्ठ २७ गते, २०७६ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गरौं योग, रहौ निरोग भन्ने मुख्य नाराका साथ अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको टुडीखेलमा पाँच दिने बृहत निशुल्क योग विज्ञान शिविर औपचारिक समापन भएको छ ।
शिविरको एक कार्यक्रम बिच सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले समापन गरेका थिए । २३ गतेबाट सुरु भएको शिबिरमा हजारौले योग प्रशिक्षण लिएका थिए ।