कृष्ण परियार
सुवर्णखाल, अर्घाखाँची जेठ २८ गते । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नम्बर १ सुवर्णखालको घर्तीसेरा स्थित झोलुङे मन्द्रे कच्ची सडकमा मगलवार गए राती लु ३ त १६५६ नम्बरको पिकप जिप दुर्घटना भएको छ।
बुटवल बाट कुखुराको दाना लिएर मन्द्रे सडक तर्फ जाँदै गरेको पिक्पजिप पानी आएर बाटो चिप्लो भै दुर्घटना हुनासक्ने अनुमान लागाइएको छ।
बाटो बाट अन्दाजि ५० मिटर तला खसेको छ। दुर्घटना हुनेमा सहचालक रुपन्देही जिल्ला उ:पा न १४ घर भएका बर्ष २६ का रमेश सुनार कम्बर्मा चोट लागेको छ जिप चालक दाङ राप्ती गाउँपालिका ५ घर भएका बर्ष १८ का सुनिल चौधरी घाइते भएका छ्न ।
दुबै जानालाइ ठाडा सस्थाचौकिमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल लुम्बिनी अस्पतालमा रिफर गरिएको
ठाडा अस्थायी ट्राफिक प्रहरी पोस्ट ठाडाले जान्कारी दिएको छ।