मनिष अधिकारी
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा ४ दिने खोप सम्बन्धी तालिम आजबाट सुरु भएको छ ।
स्वास्थकार्यालय प्रमुख पुष्पा थापाको अध्यक्षतामा संचालिन भएको कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारीले सबै चौथो तहका कर्मचारीहरुलाई तालिम लिएर मात्र फिल्डमा पठाइने ब्यबस्था मिलाउन स्वास्थ्य कार्यालयलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा बोल्दै खोप अधिकृत रामप्रसाद गौतमले अबको तालिमले कर्मचारीलाई थप हौसला प्रदान गर्ने बताउनु भयो ।
जनस्वास्थ्य निरीक्षक गणेश राज पौडेलले खोप तालीम अति नै संबेदनसिल भएकोले व्यबहारिक ज्ञान दिएर तालिम संचालन गरिने बताउनु भयो । खोप सुपरभाइजर राधा राम आचार्यले सन्चालन गर्नु भएको कार्यक्रममा २० जना फिल्ड कर्मचारीको उपस्थिति रहेको छ ।