सन्धिखर्कमा नयाँ प्रहरी प्रमुख प्रकाश विष्टसँग व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरुको परिच्यात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सरुवा भएर आएका नयाँ प्रहरी नायव उपरिक्षकमा प्रकाश विष्टसँग व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरुको परिच्यात्मक कार्यक्रम  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा रहेको “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम हलमा जिल्लामा क्रियाशिल रहेका विभिन्न व्यवसायिक संघ संस्थाका पदाधिकारीहरुसंग नयाँ प्रहरी प्रमुख प्रकाश बिष्टको परिचयात्मक तथा जिल्लाको समसामयिक शान्ती सुरक्षासँग सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु