प्रदिप सूर्यवंशी
भर्तापुर ,अर्घाखाँची २०७६ जेष्ठ,२८ गते,मंगलवार (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउंँपालिका ५ मैदानको भर्तापुरमा जनजाति बस्तिलाई लक्षित गरि यहि जेष्ठ २५ देखि २८ गते सम्म अर्थात ४ दिने तालिम तथा औपचारिक कार्यक्रम सम्पन्न भएको छ।
विशेषगरि पाणिनी गाउंँपालिका ५ भर्तापुरमा उपयुक्त हुन्छ भन्ने सोचले सो कार्यक्रम भर्तापुरमा ल्याएको जानकारी कार्यक्रम कार्यन्यन सिफारिसकर्ता तथा यसै कार्यक्रमको सदस्य जिबनारायण कोईरालाले जानकारी गराएका छ।
यसैगरी यस्ता कार्यक्रम ल्याउने कुरा जाल बहादुर सारुले खुर्साने भर्तापुरको बाटोमा ल्याउनु भएको थियो त्यही कुरा मध्यनजर गर्दै कोईरालाले सिफारिस गरेको कुरा पनि कोईरालाले बताएका छन्।
कार्यक्रममा अच्युत गौतम र कोइरालाले सोही ठाउमा सिफारिस जस्तो काम जनता नगरे भन्दै कुरा उठाउनु भएको थियो। र भर्तापुरका जनताले निकै मेहनिती र कृषि क्षेत्रमा मेहनत गर्ने भन्दै खुशी व्यक्त पनि गरेका छन्।
कार्यक्रममा स्थानीय सङ्ग भर्तापुरमा एउटा पत्रकार पाउनु पनि भाग्यमानी हुनुहुन्छ भन्दै आफ्नो कुरा भरत न्यौपानेले व्यक्त गरेका छन्। साथै पत्रकारको प्रसंसा पनि गरेका छन्।
सोही कार्यक्रम पर्ती मनमा लागेको र देखेको कुरा मुख्य मन्त्री ग्रामीण बिकास ढिलो आएको कारण अदुवा, बेसार, पिदालु कार्यक्रम आउन भन्दा पहिले नै खुर्साने भर्तापुर बाटोमा गाडी संचालन भए लगत्तै यहाका स्थानीयले आवस्यक पर्ने जति बीउ राखेर अन्य बिउ बिक्री गरिसकेको कारण तपाइहरुले सोचेेजस्तो नहुनु हो।
र यसमा यहाका स्थानीय बासिन्दाको पनि खासै गल्ती देखे जस्तो लाग्दैन गल्ती कार्यक्रम नै त्यस्तै तवरले माथीबाटै ढिलो आउनु पनि हो भन्दै खह्रो आवाज समेत पत्रकार प्रदीपले बताए।
सोही कार्यक्रम समोजक अच्युत गौतम,सचिब जनक पन्थि,यसैगरी यस कार्यक्रमको सदस्य जिबनारायण कोईराला,बिमला घिमिरे र लक्ष्मी गौतम, रहेका छन् ।
यसैगरी सोही कार्यक्रममा भर्तापुरका बुद्धिजिबि,बुध्दी गाहा,मन बहादुर गाहा, पाणिनी गाउपालिका अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम,पाणिनी गाउँ पालिका सदस्य धन बहादुर सिंजाली,पाणिनी गाउँ पालिकाका कृषि प्राविधिक ददिराम अधिकारी,पाणिनी गाउँ पालिकाका वडा अध्यक्ष जिबलाल घिमिरे र कार्यक्रम सहकर्ता भरत न्यौपाने, करिब १५ को हाराहारीमा उपस्थिती रहेको र स्वतन्त्र पत्रकार ५ नं:- प्रदेश सह-सचिव तथा :- प्रदिप सूर्यबंशीको पनि उपस्तिथि रहेको थियो।
सोही कार्यक्रममा पाणिनी गाउपालिकाका ददिराम र भरत न्यौपानेले तालिम दिनुभएको थियो। थप मौरी मुडे घारबाट अर्को आधुनिक घारमा कसरी राख्ने त्यो तालिम मौरीमा ज्ञान भएको ब्यक्तिलाई भर्तापुरमा ल्याएर तालिम दिने कुरा समेत जानकारी गराएका छन्।
सोही कार्यक्रमको संचालन भरत न्यौपाने र ददिराम अधिकारीले संयुक्त रुपमा पालौ-पालो गरेका थिए।