पोखराथोकमा नेकपाका युवाहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

सुवास गौतम
पोखराथोक २६ ज्येष्ठ । आईताबार मध्य रातमा पोखराथोक नेकपाका ३ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन। काँग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले काँगेसमा राजेन्द्र गौतम, गोकर्ण गौतम र पिताम्बर गौतम टीका लगाएर प्रवेश गराएका हुन ।
लामो समय नेकपा रहेका युवा कांग्रेसमा प्रवेश गरेका हुन । नेकपा प्रती असन्तुष्ट रहेकोले आफु कांग्रेसमा प्रवेश गरेको गोकर्ण गौतमले वताए। उनले भने आफुले नेकपाबाट अवसर नपाएकोले कांग्रेस मा प्रवेश गरेको बताए।अर्का युवा पिताम्बर गौतमले नेकपाका एक नेतासंग आफ्नो कुरा नमिलेकोले आवेशमा प्रवेश गरेको बताए।
अर्का युवा राजेन्द्र गौतमले नेकपाको सरकारले राम्रो काम गर्न नसकेकोले नेकपामा आफ्नो भविस्य नदेखेपछि आफु कांग्रेसमा प्रवेश गरेको संक्षिप्त प्रतिकृया दिए। लामो समय नेकपामा रहेका युवा नेपाली कांग्रेसमा प्रवेश गर्नाले नेकिा पोखराथोकलाइ आंशिक घाटा देखिएको नेपाली कांग्रेसका एक नेताले वताए।
नेकपा पोखराथोकका एक नेताले यी तीन युवा अवसरको खोजिमा हिडिरहेको र व्यक्तिगत अवसर नदेखिए पछि कांग्रेस मा प्रवेश गरेको वताए। प्रवेशी युवाहरु गार्इपालन व्यवसायमा संलग्न रहेका छन।  

अन्य समाचारहरु