इन्दिरा शर्मा
पाणिनी, अर्घाखाँची । संस्कृत व्याकरणको उदगम थलो पाणिनी तपोभूमीको दृर्घकालिन गुरुयोजना बनाएर विकास र संरक्षण गर्न गृहकार्य भैरहेको छ । संघ, प्रदेस र स्थानीय सरकारले बजेट छुटाएर काम अघि बढाइएको छ।
संघले छुटाएको दस लाख रुपैयाले विज्ञ राखेर गुरुयोजना (मास्टर प्लान) बनाउने, प्रदेसले विनियोजन गरेको २० लाख रुपैया बजेटले निर्माणाधीन भ्युटावर पुरा गर्ने, विद्युत विस्तार र लिफ्ट प्रविधिबाट खानेपानी तान्ने काम यसै वर्ष गरिने भएको हो । सडक मर्मत, निर्माणाधीन पोखरीको काम पुरा गर्ने, मूर्ती राख्ने र अन्य पूर्वाधारका काम गर्न पाणिनी गाउ“पालिकाले १० लाख रुपैया“ बजेट छुटाएको छ ।
चारसय वर्ष पहिले पाकिस्तान देसबाट ऋषिमुनी पाणिनी नाम गरेका व्यक्ति अर्घाखाचीको पोखराथोक र पणेनाको बीच जंगलमा ३० वर्षसम्म विश्व शान्तिको कामना गर्दै तपस्या गरेको इतिहास छ । उनले तपस्यासगै विश्वको प्राचिन संस्कृत भाषाको व्याकरणको उत्पत्ती र रचना समेत गरेको धार्मिक तथा ऐतिहासिक ग्रन्थहरुमा उल्लेख छ । ‘शान्तिको कामनाको लागि तपस्या गरेको ठाउँ र संस्कृत व्याकरणको उदगम थलो भएकाले यसको संरक्षण गरी विकास गर्नुपर्छ,’ पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले भने, ‘गुरुयोजना बनाएर पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्य बनाउछौं ।’

प्रचार अभावमा ऐतिहासिक स्थल महत्वहीन भएको थियो । थाहा पाएका केही आन्तरिक तथा बाहय पर्यटक अध्ययन गर्न पाणिनीमा छिटफुट रुपमा आउ“छन । अग्लो डाँडो र जंगलको बीचमा छ । मन्दिर निर्माण, पाणिनीको मूर्ती र तपस्या गरेको ठाउ“लाई संरक्षण गरिने उनले बताए । यहाँ अध्ययन गर्न आएका पर्यटकलाई यही बस्न पूर्वाधार निर्मँण गर्ने उनले बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जस्तै यहाँ पनि उत्तिकै महत्व रहेकाले भौगोलिक विकटताले ओझेलमा परेको उनले दावी गरे । यहा“ मन्दिर, भजनकृतन गर्ने भवन, अध्ययन गर्ने ठाउँ निर्माण लगायतका यस वर्षको बजेट खर्च गरिने छ । ‘धार्मिक र आध्यात्मिक स्थल निर्माण गछौं,’ उनले भने, ‘योगा पनि यही गर्ने र हिन्दुधर्मालम्बीले दर्शन गर्ने मन्दिर र संस्कृत व्याकरणको उदगम स्थलको अध्ययन गर्न मिल्ने गरी पूर्वाधार बनाएर प्रचार गरी पर्यटकीय केन्द्र बनाउने योजना छ ।’
प्राचिनकालमा निर्माण गरिएको मठ मन्दिर, पौवा, तपस्या गरेको स्थललाई वर्षेनी महायज्ञ लगाएर संरक्षण गरिएको पोखराथोकका स्थानीय चन्द्रकान्त पौडेलले बताए । महायज्ञमा टाढाटाढाबाट सयौं भक्तजन आउने उनले बताए । ‘ऐतिहासिक पाणिनी राष्ट्रकै सम्पत्ती हो,’ उनले भने, ‘यसको संरक्षण र प्रचार गरेर अध्ययन स्थल बनाउनुपर्छ । तीन तहका सरकारले बजेट छुटाएर सम्बोधन गर्नु सकारात्मक छ ।’ लुम्बिनी आउने पर्यटकलाई पाणिनीमा ल्याउनुपर्छ, उनले भने ।

प्रदेस सांसद रामजीप्रसाद घिमिरेले केन्द्रको बजेटले गुरुयोजना बनाउने, प्रदेस र स्थानीय सरकारको रकमले पूर्वाधार निर्मँण गर्न खर्च गरिने बताए । ‘पाणिनी तपोभूमिलाई विश्वसम्पदा सुचीमा राख्न प्रदेस सरकारबाट पहल भएको छ,’ उनले भने, ‘ऐतिहासिक महत्वको स्थान ओझेलमा परेको थियो । अब संरक्षण र प्रबद्धन गरी पर्यटक भित्राउ“छौं ।’ सम्पूर्ण भाषाको जग नै संस्कृत मानिन्छ । विश्वमा चिनाउने, भाषा र साहित्यको पाठशाला नै खोलेर अध्ययन स्थल बनाइने उनले बताए । ‘संस्कृत व्याकरण कसरी उत्पत्ती भयो यसको महत्व बुझाउन संस्कृतका विद्धानलाई ल्याई राखिनेछ,’ उनले भने, ‘पाणिनीमा आएर बस्ने, अध्ययन गर्ने, बहस गर्ने र संस्कृतमा शास्त्राचार्यको पढाई यही गराउने योजना छ ।’ पहिला संरचना र पूर्वाधार निर्मँण गर्ने त्यसपछि व्यापक प्रचार गरेर पर्यटक भित्राएर अध्ययन गर्ने केन्द्र बनाउन गुरुयोजना बनाउन लागिएको उनले बताए ।

ऐतिहासिक कलाकृतिले सजिएका मठ मन्दिर, ढुंगाका संरचना, भगवानका मूर्ती र ठुलो चौर छ । जैविक विविधता पार्क सहित तपोभूमि जिल्लाको पहिचान सहितको सम्पत्ती भएको स्थानीय रामप्रसाद भटराइले बताए । । ५० रोपनी क्षेत्रफलमा फैलिएको तपोभूमि स्थल वरपर रमाइलो र सुन्दर छ । जंगलको बीचमा भएकाले र हेर्ने मान्छे नभएकाले मन्दिरको मूर्ति, महत्वपूर्ण चिज, घण्टा लगायतका सामाग्री केही वर्ष पहिले चोरी भएको छ । एक सय किलोको ठुलो घण्ट थियो । पाणिनीले तपस्या गर्दा रातीको बेला घण्टा बज्ने गर्थाे । त्यो घण्टा बजाउ“दा पुरै अर्घाखा“ची, पाल्पा, गुल्मी, वाग्लुङ, बुटवल लगायत थुप्रै ठाउ“मा सुनिने बूढापाका बताउ“छन् । घण्टा बजेको सुन्न गाउ“लेले पर्खेर बस्थे । आवाज सुनेपछि शान्ति मिल्छ भन्ने धार्मिक विश्वास रहेको स्थानीयको भनाइ छ ।