बेपत्ता जमुना पौडेल र छोरा मोहित पौडेल
अर्घाखाँचीडट्कम संवाददाता
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर – २ बल्कोटको सानो चिदिकाबाट एक विवाहित महिला छोरो सहित बेपत्ता भएकी छिन् ।
बल्कोटको सानो चिदिका गाउँको राजु पोखरा टोलका लालमणि पौडेलकी २६ वर्षिया श्रीमती जमुना पौडेल गत जेष्ठ २४ गते शुक्रबार बिहान देखि छोरो सहित बेपत्ता भएकी हुन् ।
शुक्र्बार देखि ६ बर्षिय छोरा मोहित पौडेललाई लिएर बेपत्ता भएकी जमुना छ दिन हुँदासम्म फेला नपर्दा परिवार चिन्तित भएका छन् । जमुना माइती घर गुल्मी जिल्लाको दिघाममा, नजिकका साथी, छिमेकी सबैको घरमा खोजी गर्दा पनि फेला नपरेपछि प्रहरी प्रशासनलाई खोजिदिन गुहारेका छन् ।
जमुनाका श्रीमान् लालमणि पौडेल बैदशिक रोजगारीको शिलशिलामामा कतारमा छन् ।
अर्घाखाँचीमा पछील्लो समय बेपत्ता हुने महिला, युवतीको संख्या बढेको देखिन्छ ।