छत्रदेब गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेब, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको   छत्रदेब गाउँपालिकामा  प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । 
छत्रदेब गाउँपालिकामा यस आर्थीक बर्षको लागी ३६ लाख रुपैया आएकोमा केहि रकमबाट औजार साम्रागी खरिद गरेको र अन्य रकमबाट ८ वटा वडामा योजाना छनौट गरि २ सय जनालाई काममा लगाएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेलले जानकारी दिनभयो । अहिले एक जना कामदारले दिनमा ८ घण्टा काम गरेबापत ५ सय २३ रुपैया पाउने भएका छन् । 
हिजो देखी काममा लगाएका कामदारहरुलाई मटरबाटो खन्ने , कुलो निर्माण गर्ने , सरसफाई गर्ने जस्ता काम आवश्यकताको आधारमा लागाइने प्रमुख प्रशसकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनु भयो । कामको अनुगमन गर्नको लागी एक जना सुपरभाईजर समेत नियुक्ती गरिएको छ । 
गाउँपालिका भित्र नियुती भएका कामदारमध्ये अधिकास महिलाहरु रहेको गाउँपालिका उपाध्यक्ष तुलसादेबी श्रेष्ठले बताउनु भयो ।

अन्य समाचारहरु