अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम हिजोबाट सुरुवात भएको छ ।
पाणिनी गाउँपालिका भित्र २८०० जनाले रोजगारका लागी फार्म भरे मध्य यस बर्ष १३५ जनाले रोजगार पाएका छन । ३० दिन काम गर्ने गरी न्युनतम दैनिकी ज्याला ६३० रुपैया तोकीएको रोजगार संयोजक काशिराज बेल्वासेले जानकारी दिनु भयो ।
कार्यक्रमको व्यानर वाचन गरेर उद्धघाटन गर्दै प्रदेश सभा सदस्य रामजी घिमिरेले देश विकास र समृद्धीको बाटोमा अगाडी बढेको बताउनु भयो ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अच्युत गौतमले कुरा भन्दा काम गर्ने बानीको विकास गर्न आग्रह गर्नु भयो ।
गाउँपालिका भित्र रहेर कामदारले बाटो खन्ने लगायतका काम गर्ने बताएको छ ।उक्त कार्यक्रममा सहभागी कामदारले यो कार्यक्रमले आफ्नो दैनीकीमा केही परीवर्तन गरे पनि छोटो समयको कार्यक्रम भएकाले यस लाई बढाएर लामो अवधी सम्मको बनाउन आग्रह गरेका थिए ।