सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रथम पालिका स्तरीय अन्डर सिष्टिन तथा एसईई क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
अर्घाखाँची जिल्ला क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिताको आज शुक्रबार एक कार्यक्रममा विच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा ६ पालिका मध्थ्ये सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिका गरि ५ स्थानिय तहको सहभागीता रहेको छ । पाणिनी गाउँपालिकाले भने सहभागिता जनाएको छैन ।
कार्यक्रमको उद्धघाटन सत्र कमल विष्टको सञ्चालनमा सम्पन्न भएको हो । खेल शनिबारसम्म चल्ने छ ।