अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित गौरी शंकर ईङगलिश बोर्डिङ स्कुलमा विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन नियन्त्रण सम्बन्धमा विस्तृत रुपमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालीका वडा नं. १ स्थित गौरी शंकर ईङगलिश बोर्डिङ स्कुलमा गौरीशंकर ईङलिश बोर्डिङ स्कुल र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन नियन्त्रण सम्बन्धमा विस्तृत रुपमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
जिला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश बिष्टले विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन नियन्त्रण सम्बन्धमा विस्तृत रुपमा प्रशिक्षण प्रदान गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत कुल ११५ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।