सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जेष्ठ आषाढ अन्त्यमा आएर हतारमा काम गर्ने परिपाटीको अन्त्य गर्ने गरि नगरपालिका अगाडि बढेको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाबाट बिनियोजित बजेटबाट नगरपालिका भित्र भईरहेका बिकासका कामहरुको स्थलगत निरिक्षण गर्ने क्रममा ज्ञवालीले योजनाहरु पार्दर्सि ढगले काम नभएको ठाउँहरुमा ठिकसँग काम गर्न निर्देसन दिएको बताउनु भयो ।
नगरपालिकाबाट हाल सम्म ९० प्रतिसत भन्दा बढि योजनाहरु सम्पन्न भएको बताउदै उहाले पार्दर्सि गुणस्तरीय काम गराउनका लागि आफुले अनुगमन नगरि भुक्तानी नगरिएको जिकिर गर्नु भयो । उहाले राज्यले दिएको जिम्मेवारीलाई पुर्ण रुपमा पालना गरेर सुसासन कायम गरि आर्थिक पार्दर्सितालाई आफुले ध्यान दिएको बताउनु भयो ।
नगरपालिकालाई नगरप्रमुख उपप्रमुखले कल्पना गरेको हराभरा नगरपालिका बनाउने अभियानलाई आफुहरुले आत्मसाथ गर्दै अगाडि बढेकोले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध बिकासका लागि नङ र मासुको सम्बन्ध जस्तो रहेको उहाको भनाइ छ ।
ज्ञवाली स्थानीय तहको प्रमुख प्रसासकिय अधिकृतमा सक्षयम तथा अनुभवी भएको कारण पनि नगरपालिकाको बिकासले गति लिएको स्थानिय नगरवासिले बताउने गरेका छन ।
ज्ञवालीले कार्यलयमा मुस्कान सहितको सेवा दिन कर्मचारीलाई लगाउनुको साथै कार्यलयमा हेल्प डेक्सको स्थापना गर्ने हाकिम हुन ।