सन्धिखर्कमा प्रथम पालिका स्तरीय अन्डर सिष्टिन तथा एसईई क्रिकेट प्रतियोगिताको उपाधी सन्धिखर्क नगरपालिकालाई (तस्बिर सहित)

कमल विस्ट 
सन्धिखर्क, अर्घाखाँची  जेष्ठ ३२ । अर्घाखाँची जिल्ला क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा प्रथम पालिका स्तरीय SEE एण्ड अन्डर 16 क्रिकेट प्रतियोगिताको उपाधी सन्धिखर्क नगरपालिकले जितेको छ ।
सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाको फाइनल भिडन्तमा भुमिकास्थान नगरपालिकाले टस जितेर सन्धिखर्क नगरपालिका लाई ब्याटिङ्गको निम्तो दिएको थियो, जस अनुसार सन्धिखर्क नगरपालिकाले निर्धारित २० ओभरमा कप्तान प्रेम श्रेष्ठको ७१ रनको कप्तानी पारीको मद्दतमा आफ्नो ८ विकेट गुमाउदै १६१ रन जोड्यो सफल भयो ।
१६२ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ्गमा उत्रेको सन्धिखर्क नगरपालिकाले आफ्नो १८.३ ओभरमा १५१ रन मात्र जोड्न सक्यो, भुमिकास्थानका खेलाडी उत्तम थापाले ४८ रन जोडेपनी त्यो जीतको लागि पर्याप्त हुन सकेन । 
खेलको म्यान अफ द म्याच सन्धिखर्क नगरपालिकाका टिम कप्तान प्रेम श्रेष्ठ भए ।
प्रतियोगितामा सब्धिखर्क नगरपालिका , शितगङ्गा नगरपालिका , भूमिकास्थान नगरपालिका , मालारानी गाउँपालिका , छत्रदेव गाउँपालिका गरि ५ वटा पालिकाले सहभागिता जनाएका छन, पाणिनी गाउँपालिकाले भने खेलाडी अभाव देखाउदै सहभागिता जनाएको थिएन ।
प्रतियोगितामा सहभागी खेलाडी मध्य उत्कृष्ट खेलाडी छनोट गरि जिल्लाको १६ वर्ष मुनिका खेलाडिको टिम घोषणा हुने अर्घाखाँची जिल्ला क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले बताउनुभयो ।

अन्य समाचारहरु