अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नं. २ चुत्राबेसी स्थित अर्घाखाँची आवासिय बोर्डिङ स्कुल बेलबाटिकामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार अर्घाखाँची आवासिय बोर्डिङ स्कुल बेलबाटिका सन्धिखर्कमा जिल्ला रेडक्रस सर्कल अर्घाखाँची, अर्घाखाँची आवासिय बोर्डिङ स्कुल अर्घाखाँची, जिल्ला प्रशासन कार्यालय अर्घाखाँची तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सहकार्यमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार “बिद्यालय-प्रहरी सम्पर्क कार्यक्रम” सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जिल्ला भर बिभिन्न ६१ वटा बिद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत अं. २४५ जना विद्यार्थी शिक्षक र रेडक्रस जिल्ला जुनियर सर्कलका पदाधिकारिहरु समेतलाई लागु औषध, घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक हिंसा, साईवर अपराध ,जबरजस्ती करणी, बिबाह सम्बन्धि कानुनी प्राबधान लगायतका बिषयमहरुमा जनचेतना मुलक प्रशिक्षण प्रदान दिएका थिए ।