सुपा देउरालीलाई सम्झिदै अर्घाखाँची प्रवासी समाज बहराइनको तेस्रो साधारण सभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
बहराइन (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाबाट कामको सिलसिलामा बहराइनमा रहेका अर्घाखाँचीबासीहरुको साझा संस्था अर्घाखाँची प्रवासी समाज बहराइनको तेस्रो साधारण जुन १४ मा बहराइन मुलुकको मानमा शहरमा रहेकोे शितल रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ । 
उक्त कार्यक्रम संस्थाका अध्यक्ष कमल घिमिरेको सभापतित्वमा प्रमुख सल्लाहकार युवराज खत्री क्षेत्रीको प्रमुख आतिथ्य , सस्थाका सल्लाहकारहरुको अतिथि एवं आशिम महत ,रामु काफ्ले अतिथि , सुर्य थापाको सन्चालन तथा रामु भट्टराईको स्वागत मन्तब्यमा संचालन भएको थियोे । उक्त कार्यक्रममा सस्थाका सचिव अनमोल राक्से मगरले सस्थाको औचित्यपुष्टि गर्दै सन् २०१२ मा १८ जना बाट स्थापना भएको यो सस्थाले यति छोटो अवधिमा बहराइनमा रहनुहुने अर्घाखाँचीबासिहरुको मनमुटुमा बस्न सक्नु निकै खुशीको कुरा रहेको बताउनु भयो । 
संस्थाका महासचिव कृष्ण प्रसाद गैरेले सस्थाले आफ्नो कार्यकालमा गरेका विभिन्न कार्यहरू प्रस्तुत गर्नु भएको थियोे । संस्थाका प्रमुख सल्लाहकार युबराज खत्री क्षेत्रीले सस्था सुखदुःखको साथी रहेकोले सबै एकताबद्ध भइ अगाडि बढ्नुपर्ने बताउनु भयो ।
 सस्थाले आगामी कार्यकालको लागि लामो समय सम्म बहराइनमा रहि कार्य गरिरहनु भएका रामु खनालको अध्यक्षतामा शिव थापा ,करुण टन्डन ,रमेश बि.क. उपाध्यक्ष ,अनमोल राक्से मगर महासचिव ,मिलन थापा कोषाध्यक्ष सहित ४३ सदस्यीय नया कार्य समिति चयन गरेको छ । नव निर्वाचित पदाधिकारीहरुलाई सस्थाका प्रमुख सल्लाहकार युवराज खत्री क्षेत्रीले सस्थाको हित अनुकुल कार्यगर्नको लागि सुपादेउरालीको स्मरण गराउदै सपथ खुवानु भएको थियो । 
निबर्तमान अध्यक्ष कमल घिमिरेले नवनिर्वाचित अध्यक्षलाई सफल कार्यकालको शुभकामना दिदै आफुले हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियोे । उक्त साधारण सभामा करिब ६०-७० जना अर्घाखाँची बासी प्रवासीहरुको उपस्थिति रहेकोे थियोे ।

अन्य समाचारहरु