अर्घाखाँचीडट्कम संवाददाता
खिल्जी (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खिल्जी स्वास्थ्य चौकिमा नि: शुल्क विशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
स्वास्थ्य निर्देशनालय ५ न प्रदेशको आयोजना, भुमिकस्थान नगरपालिका को सहकार्य तथा ओम्सा फाउन्डेसन को समन्वयमा नि: शुल्क विशेषज्ञ स्वास्थ्य शिबिर आज भुमिकास्थान नगरपालिका अन्तर्गत खिल्जी स्वास्थ्य चौकिमा सम्पन्न भएको हो ।
स्वास्थ्य शिबिरमा ७ जना विशेषज्ञ डा. सहितको उपस्थितिमा ३०० जनाले सेवा पाएका छन ।
उक्त कार्यक्रमको अध्यक्ष नगर प्रमुख रेशम थापा, प्रमुख अतिथि अर्घाखाँची क्षेत्र न २ का साम्सद रामजि प्रसाद घिमिरे, विशिष्ट अथिती नगर उप प्रमुख खडानन्द बेल्बासे, अतिथी स्वास्थ्य निदेशनालय ५ न प्रदेशका उप निदेशक रोशनलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।
स्वा.नि.५ न प्रदेश तथा शिबिर सम्योजक गोपाल प्रसाद गौतमको स्वागत मन्तव्य तथा सिद्धार्थ आचार्यको सन्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।