अर्घाखाँचीडट्कम संवाददाता
छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको १ २ ३ ४ वडाको बल्कोट र छत्रगंजमा नेपाल विधुत प्राधिकरण अर्घाखाँचीले नि:शुल्क मिटर वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
अति बिपन्न तथा सांस्कृतिक सम्पदाका निशुल्क मिटर वितरण कार्यक्रम अन्तर्गत छत्रदेव गाउँपालिकाको १ २ ३ ४ वडाको बल्कोट पौवाबाट २२३ थान र ५ ६ ७ ८ वडाको सार्वजनिक मा.वि.छत्रगंज बाट २०७ थान मिटर बितरण गरिएको हो ।
नि:शुल्क मिटर वितरण कार्यक्रममा लेखनाथ पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।