सुर्य भुसाल
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा लागु औष दुरुपयोग तथा ओसार पसार विरुद्धको दिवस मनाउन जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षिय बैठक सम्पन्न भएको छ ।
सर्वपक्षिय बैठकले लागु औष दुरुपयोग तथा ओसार पसार विरुद्धको दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाईने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सर्वपक्षिय बैठकले विभिन्न कार्यक्रमहरुका साथ दिवस भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
असार ५ देखी असार ११ सम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यालय एवं विभिन्न संघ संस्थाको आयोजना एवं समन्वयमा अन्तरक्रिया, अनुशिक्षण अन्तरसंवाद जस्ता विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय भएको अर्घाखाँची चेम्वर अफ कमर्सका उपाध्यष लिलाधर बस्यालले जानकारी दिए ।
बैठकले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा विभिन्न कार्यालय तथा संघ संस्थाका पतिनिधी सदस्य रहनेगरी लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्टिय दिवस जिल्ला आयोजक समितिको गठन समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न वैठकले दिवस मनाउनका लागि सवै स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
तस्बिर: हरि भुसाल